दयानगर रुपन्देहीमा अपाङ्गता भएका ५३ जनालाई आवाशीय कपडा हस्तान्तरण गर्दै प्रमुख अतिथि निलकण्ठ पाैडेल ।

दयानगर रुपन्देहीमा अपाङ्गता भएका ५३ जनालाई आवाशीय कपडा हस्तान्तरण गर्दै प्रमुख अतिथि निलकण्ठ पाैडेल ।

अपाङ्गता उत्थान समन्य समिति दयानगर गाविसको आयोजनामा अपाङ्गता भएका व्याक्तिहरुको लागि आवाशिय कपडा तथा आर्थिक सहयोग प्रदान गरिएको छ ।

आईतबार दयानगर गाविसको छपियामा एक कार्यक्रमको आयोजना गरि ५३ जना अपाङ्गता भएका व्याक्तिहरुलाई आवाशिय कपडा प्रदान गरिएको हो ।

अपाङ्गता उत्थान गाविस संमन्वय समितिका अध्यक्ष तथा गाविस सचिव कमलाप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा

कार्यक्रममा अपाङ्गता उत्थान संमन्य समितिका गाविस उपाध्यक्ष टेकबहादुर घले, विश्वम्बर यादव, उज्जल विक्रम शाह, हरी बहादुर थापा, श्रीराम थापा, दुखि प्रसाद यादव, पिताम्बर पाल, जगन्नाथ तिवारी, सिता मरासिनी लगायतले बोल्दै अपाङ्गता हुदैमा कोही पनि व्याक्ति कमजोर नहुने बताएका थिए ।

अार्थिक सहयाेग प्रदान:-

कार्यक्रममा बुटवल–९ दिपनगरका बरिष्ठ समाजसेवी शशिधर घिमिरेले २५ हजार रुपैयाँ, स्थानिय समाजसेवीहरु हरि बहादुर थापाले ५ हजार, विश्म्बर यादवले ५ हजार, श्रीराम यादवले १ हजार रुपैया सहयोग गरेका थिए ।