अपाङ्गता भएका पौडेलले दिए अपाङ्गता भएकाहरुलाई राहत सामग्री

अपाङ्गता भएका पौडेलले दिए अपाङ्गता भएकाहरुलाई राहत सामग्री

काठमाडौ। काठमाडौंको चन्द्रागिरी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिले अपाङ्गता भएकै व्यक्तिहरुलाई राहत सामग्रीहरु वितरण गरेका छन् ।

राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष निलकण्ठ पौडेलले कोरोनाका कारण आर्थिक संकटमा परेका अपाङ्गता भएका व्यक्ति र उनीहरुका परिवारलाई दाल, चामल, नुन, तेललगायतका उपभोग्य सामग्रीहरु प्रदान गर्नुभएको हो ।

विगतमा पनि अपाङ्गता भएकाहरुका लागि विभिन्न सहयोग तथा रचनात्मक र उपयोगी कार्यक्रमहरु गर्दै आउनु भएका पौडेलले अपाङ्गता भएका २४ जनालाई राहत सामग्रीहरु वितरण गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार राहत सामग्री प्राप्त गर्ने ती सवै जना चन्द्रागिरी नगरपालिका बडा नं १० मा बसोबास गर्दै आएकाहरु हुन् । लायन्स क्लब अफ काठमाडौं लुम्बिनीको सहयोगमा ती सामग्रीहरु उनीहरुलाई वितरण गरिएको पनि पौडेलले जानकारी दिनुभयो ।